कोभिड– १९ को प्रकोपले विश्वभर ल्याएको नयाँ परिस्थितिले संसारलाई डिजिटल युगमा अझ द्रुत गतिले धकेलिदिएको छ । नेपालमा समेत विगत २ वर्षमा धेरै परिवर्तन भइसकेको छ । विशेष गरी डिजिटल भुक्तानी प्रणालीले ठूलै फड्को मारेको देखिन्छ । तलब थाप्नेदेखि फोनको महसुल तिर्नेसम्मका कामम घरमै बसीबसी सहज ढंगले गर्न सकिने भएको छ । डिजिटल भुक्तानी भनेको […]
साथि: “हेल्लो कहाँ छस्?” म: “भाटभटेनीमा” साथि: “कुन भाटभटेनी” म: “कस्तो कुन भाटभटेनी? म भाटभटेनी परिसरमै छु” साथि: “कुन भाटभटेनी भन न” यो संवादमा फोनमा बोल्ने साथिले भाटभटेनी डिपार्टमेन्ट स्टोरको कुरा गर्दैथ्यो। जबकी म भाटभटेनी मन्दिरको कुरा गर्दै थिएँ। हामी सानो छँदा नक्सालबाट बालुवाटारतिर जाँदा देब्रेतिर यौटा मन्दिर हुन्थ्यो, जुन अहिले पनि यथावत छ। त्यही […]
आँखामा आँसु सबै सिद्धिएछन् मनका इच्छाहरु सबै सिद्धिएछन् ज्यूँदो लास भएर आज सासै मात्र बाँकी भएछन् के सोचेको थिएँ के भयो दु:ख सुख बाँडीचुँडी संगै बाँच्ने, संगै हाँस्ने मायाप्रीति सधैँ गाँस्ने रहर सबै तुही गयो चाहाना सबै मनमै मर्यो कल्पनाहरु सिसा झैँ फुट्यो भाग्यले यस्तरी ठग्यो जिन्दगी अव बोझ भयो समयले कस्तो छल गर्यो न […]
तिम्रो यादमा यो मन तड्पिरहेछ तिम्रो आगमनको आशै आशमा म पर्खिरहेछु तिम्रा ती गाजलु आँखामा डुब्न मेरा यी आँखाहरु तड्पिरहेछन् तिम्रा ती चञ्चल अधरलाई चुम्न मेरा यी ओठहरु ललचाइरहेछन् तिम्रो आगमनको आशै आशमा म पर्खिरहेछु तिम्रो निश्चल मायाको आशमा मेरो मुटु छट्पटिरहेको छ तिम्रो चोखो प्रेमको आशमा मेरो मुटु धड्किरहेको छ तिम्रो आगमनको आशै आशमा […]
सन् १९१८ मा त्रि–चन्द्र कलेजको स्थापनापछि नेपालमा पनि उच्च शिक्षाको ढोका खोलिएको थियो। हाल देशमा त्रिभुवन विश्वविद्यालय, महेन्द्र सँस्कृत विश्वविद्यालय, काठमाडौं विश्वविद्यालय, पुर्वाञ्चल विश्वविद्यालय तथा पोखरा विश्वविद्यालय गरी जम्मा पाँच विश्वविद्यालयहरुले विभिन्न विषय तथा क्षेत्रहरुमा उच्च शिक्षाको अध्यापन गराउँदै आएका छन्। साथै, केही नयाँ विश्वविद्यालयहरु पनि संचालन हुने तयारीमा छन्। यी विश्वविद्यालयहरुले अवश्य नै विभिन्न […]
ड्याङ…… ड्याङ……। रात बित्न केही समय बाँकी नै थियो। भाले अझै बासेको थिएन। रातको चिसो शून्यतालाई अकस्मात् चिर्दै आएको आवाजले कृष्णमाया मीठो निद्राबाट झसंग ब्यूँझिइन्। उनको मुटु ढक्क फुल्यो। मनमा खुलदुली मच्चिन थाल्यो। बाहिर अझै अँध्यारै थियो। माघको जाडोमा तातो सिरक चटक्क छोडी हाल्न मन लागेन उनलाई। तर फेरि निदाउन पनि सकिनन्। सँगै सुतिरहेका श्रीमान […]