माघ महिनाको एक बिहान
by Manoj Dumaru | मनोज दुमरु on November 30, 2002
ड्याङ…… ड्याङ……। रात बित्न केही समय बाँकी नै थियो। भाले अझै बासेको थिएन। रातको चिसो शून्यतालाई अकस्मात् चिर्दै आएको आवाजले कृष्णमाया मीठो निद्राबाट झसंग ब्यूँझिइन्। उनको मुटु ढक्क फुल्यो। मनमा खुलदुली मच्चिन थाल्यो। बाहिर अझै अँध्यारै थियो। माघको जाडोमा तातो सिरक चटक्क छोडी हाल्न मन लागेन उनलाई। तर फेरि निदाउन पनि सकिनन्। सँगै सुतिरहेका श्रीमान […]