आशा
by Manoj Dumaru | मनोज दुमरु on January 28, 2016
तिम्रो यादमा यो मन तड्पिरहेछ
तिम्रो आगमनको आशै आशमा म पर्खिरहेछु
तिम्रा ती गाजलु आँखामा डुब्न
मेरा यी आँखाहरु तड्पिरहेछन्
तिम्रा ती चञ्चल अधरलाई चुम्न
मेरा यी ओठहरु ललचाइरहेछन्
तिम्रो आगमनको आशै आशमा म पर्खिरहेछु
तिम्रो निश्चल मायाको आशमा
मेरो मुटु छट्पटिरहेको छ
तिम्रो चोखो प्रेमको आशमा
मेरो मुटु धड्किरहेको छ
तिम्रो आगमनको आशै आशमा म पर्खिरहेछु
मलाई सम्झी तिमी आऊ नआऊ
म त तिमीलाई पर्खिरहनेछु
तिमी मलाई माया गर नगर
म त तिम्रै मायामा मर्नेछु
तिम्रो आगमनको आशै आशमा म पर्खिरहेछु
Leave a Reply