जिन्दगी
by Manoj Dumaru | मनोज दुमरु on January 28, 2016
आँखामा आँसु सबै सिद्धिएछन्
मनका इच्छाहरु सबै सिद्धिएछन्
ज्यूँदो लास भएर आज
सासै मात्र बाँकी भएछन्
के सोचेको थिएँ के भयो
दु:ख सुख बाँडीचुँडी संगै बाँच्ने, संगै हाँस्ने
मायाप्रीति सधैँ गाँस्ने
रहर सबै तुही गयो
चाहाना सबै मनमै मर्यो
कल्पनाहरु सिसा झैँ फुट्यो
भाग्यले यस्तरी ठग्यो
जिन्दगी अव बोझ भयो
समयले कस्तो छल गर्यो
न तिम्रो भुल थियो न मेरो
नियतिले कस्तो खेल खेल्यो
जिन्दगी आज हार भयो
Comments
beautiful poetry master
is there no plan to make a book?